नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपमा आजदेखि श्रीलङ्कामा सुरु हुँदै छ । पहिलो दिन घरेलु टिम श्रीलङ्काविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगिता स्थानीय समय अनुरा राति ७ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन् । नेपालले तीन दिनपछि बङ्गलादेससँग खेल्ने छ। नेपाली यु–१७ का प्रशिक्षक सञ्जित सिंहले टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।
यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ । अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् । श्रीलङ्काले विदेशमा बस्ने छ खेलाडी टिममा राखेको छ। यसै गरी कप्तान प्रशान्त मोक्तानले तयारी राम्रो भएका बताएका छन् ।
यस उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् । यद्यपि नेपालले चार संस्करणमा उपविजेता रहेको छ। सन् २०१३, २०१७, २०१९ र २०२२ मा नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो । पछिल्लो संस्करणमा बङ्गलादेशलाई २-० ले हराएर भारत साफ यु-१७ च्याम्पियन बनेको थियो ।

.gif)