sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

२२ भदौ २०८२, आइतवार स्टार संवाददाता
काठमाडाैं । देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
 
दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 
राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्