sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । 
 
दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
 राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्