sevenstartv.com १९ वैशाख २०८३, शनिवार

१६ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । झापामा १६ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर,अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी पक्राउ परेका हुन् । 

घटनामा संलग्न एकजना फरार रहेको प्रहरीलेबताएको छ । बालिकाले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न मध्ये ६ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार राति भएको एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता देखिन्छ । दुवै घटनामा संलग्न मध्ये प्रहरीले ६ जनालाई पक्राउ गरेको जनाइएको छ । 

प्रहरीका अनुसार अर्जुनधारा ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ ।  बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्‍याइएको देखिएको प्रहरीले बताएको छ ।

अनिष,सरोज र केशवले सुरुमा हटियामा करणी गरेको प्रहरीको दाबी छ । अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित चारजना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । होटल सञ्चालक राजवंशी हुन् । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार छन् ।

बलात्कारबाट पीडित भएकी बालिकाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गर्ने प्रहरीको तयारी छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्