sevenstartv.com १९ वैशाख २०८३, शनिवार

महोत्तरीमा एक जना वडाध्यक्ष मृत अवस्थामा फेला

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । महोत्तरीमा एक जना वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

रामगोपालपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका वडा नं ८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् ।

यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्