sevenstartv.com १९ वैशाख २०८३, शनिवार

देउवा निवास अघि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, विष्फोटक पदार्थ नभएको पुष्टि

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।  

उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र त्यो भाँडोभित्र माटो भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो । स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । सेनाको टोलीले शंकास्पद झोला खोतल्दा त्यसभित्र इलेक्ट्रिक केटली र त्यसभित्र माटो भरेको पाइएको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्