सुक्खा पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध
काठमाडौं । सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका वडा नं ४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी रहेको बताइएको छ ।
वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको जिरोकिलो-दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।
