आजकाे माैसम : यी प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
काठमाडाैं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको एकदुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

.gif)