sevenstartv.com ९ चैत २०८२, सोमवार

सर्लाहीमा पोखरीमा डुबेर बालकको ज्यान गयो

८ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका स्थित राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका वडा नं २ का ६ वर्षीय अङ्कित साहको शनिबार पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्