sevenstartv.com २० वैशाख २०८३, आइतवार

भ्रष्टाचार मुद्दामा हदम्याद हटाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

८ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । बृहत नागरिक आन्दोलनले आज भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरुले प्रदर्शन गरेका हुन् । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ ।

सो विधेयकमा भ्रष्टाचार मुद्दामा कसुर थाहा पाएको ५ वर्षभित्र मात्र मुद्दा चल्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

त्यस्तै संघीय र प्रदेश मन्त्रिपरिषदले गरेका भ्रष्टाचार जन्य काम कारबाहीलाई अनुसन्धानको दायरामा ल्याउन पनि माग गरेका छन् । नागरिकले प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले रोकेपछि केहीबेर धकेलाधकेल भएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्