यस्तो छ आजको मौसम
काठमाडाैं । देशको पहाडी भू-भागमा साधारणतया बदली रहने छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइ र बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ ।
राती कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भु-बागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

.gif)