sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

१ भदौ २०८२, आइतवार स्टार संवाददाता
काठमाडौं । देशभर साधारणतया बदली रहनेछ ।
 
देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भू-भागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
 
राती कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्