sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता
काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।
 
दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 
राती देशभर पुर्णतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्