बरन्डाबाट लडेर वृद्धाको मृत्यु
काठमाडौं । मकवानपुरको हेटौँडामा लडेर आज बिहान वृद्धाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका-४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि स्थानीय ७६ वर्षीया शंखमाया लामाको लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार लामाको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
