sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

२२ साउन २०८२, बिहिवार स्टार संवाददाता
काठमाडौं । देशभर साधारणतया बदली रहनेछ ।
 
दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 
राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्