पहिरोमा परि बालिकाको मृत्यु
काठमाडौं । मकवानपुरमा पहिरोमा परि एक जना बालिकाको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-६ की ६ वर्षीय बालिका शुष्मा थिङको मृत्यु भएको हो । स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिङको विद्यालयबाट घर फर्कने क्रममा मृत्यु भएको बताइएको छ ।
बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो खस्दा उनको मृत्यु भएको जनाइएको छ ।
