sevenstartv.com २० वैशाख २०८३, आइतवार

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गोरखा नगरपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । गोरखा-६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर वडा नं.९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

भारत घर भई गोरखा नगरपालिका-८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन् । एपोलो अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले बताएको छ । छतमा काम गरिरहेका वेला फलामको रडले नजिकै रहेको बिजुलीको नांगो तारमा छोइँदा दुवैलाई करेन्ट लागेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्