sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता
काठमाडौं । देशभर साधारणतया बदली रहनेछ ।
 
दिउँसो लुम्बिनी प्रदेश र सुदुूपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेश प्रदेश लगायत बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
राती कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्