sevenstartv.com २० वैशाख २०८३, आइतवार

ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका-२ का रमानन्द मेहताको मृत्यु भएको हाे । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले मेहता सवार को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घटनास्थलमै मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो । 

मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारीका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्