sevenstartv.com २० वैशाख २०८३, आइतवार

काठमाडौं-नागढुंगा सडक बन्द

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजे देखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकाले काठमाडौं (नागढुंगा सडक दुईतर्फी बन्द गरिएको बताइएको छ । पहिरो पन्छाउन दुईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन । ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउन शुरु हुनेछ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्