sevenstartv.com २० वैशाख २०८३, आइतवार

पोखराबाट काठमाडौंका लागि उडेको विमान अवतरण गर्न नसक्दा भैरहवा डाइभर्ट

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

 काठमाडौं ।  पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ ।बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो ।

त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा ल्याण्ड भएको हो ।त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि भएको छैन । पोखरा विमानस्थलका अनुसार भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्