मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय
काठमाडौं । पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।
