sevenstartv.com २० वैशाख २०८३, आइतवार

कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

 काठमाडौं । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ आयुसिएनले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो ।

अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले यो माछा नेपालमा भेटिएको पुष्टि गरे ।कोशी नदीमा भेटिएको र आसपासका नदीमा पनि पाइन सक्ने अनुमान गरिएको माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि अनुसन्धानकर्ताको भनाइ छ ।

अनुसन्धानकर्ता मध्येका एक लिम्बूका अनुसार माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरिएको थियो ।नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । महत्त्व थाहा नहुँदा दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेकोसमेत पाइएको छ । लोपउन्मुख माछा संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा अनुसन्धानकर्ताको जोड छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्