हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा ७ जना घाइते
काठमाडौं । हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप आज बिहान चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ गइरहेको अवस्थामा मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो । चालकसहित सातजना सवार जिपमा ५ जना गम्भिर घाइते भएको र दुईजनाको अवस्था सामान्य छ ।
चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल गम्भिर घाइते भएका छन । भने बाजुरा बुढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।
जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।
