श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका-८ मा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
घरायसी विवादमा ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारी पक्राउ परेका हुन् । उनले मंगलबार साँझ धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनालगत्तै ओमप्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
