sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत ग्रेडेड

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । 

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । 

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीमध्ये ३।६ देखि ४ जीपीए ४८ हजार १ सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १ सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले १ सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्ध भएको बताए । 

वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५ सय ९७ रहेको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्