सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदीको मूल्य बढ्यो
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावटआएको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय रुपयाँ कायम भएको छ भने, सोहि परिमाणको चाँदीको मूल्य रु चार हजार ३२० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० मा कारोबार भएको थियो भने सोही परिमाणको चाँदीको मूल्य रु चार हजार ३१० कायम भएको थियो ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४४५ मा कारोबार भएको थियो ।




















