sevenstartv.com १४ साउन २०८३, बिहिवार

प्रधानमन्त्री कार्यालयमा सुरक्षा परिषद् बैठक सुरु

१४ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेदेखि राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु भएको छ । देशमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा केन्द्रित रहेर बैठकमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था रहेको छ ।

आइतबारदेखि असान्त बनेको देश र शान्त अवस्थामा रहेका प्रधानमन्त्री शाहले अहिलेको परिस्थितीलाई कसरी साम्य गर्ने तथा देशमा शान्ती स्थायित्व कायम गर्नका लागि के कस्तो कदम चाल्ने लगाएतका विषयमा केन्द्रित रहेर राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरुसँग छलफल गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बताएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्