sevenstartv.com ९ चैत २०८२, सोमवार

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रुपन्देहीको बुटवलमा सडक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क घर भई बुटवल उपमहानगरपालिका–११ देविनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको हो । 

गएराति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोक्किएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्