sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

३१ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
 
 राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्