sevenstartv.com २० वैशाख २०८३, आइतवार

सिन्धुपाल्चोकमा पहिरो खस्दा इन्द्रावती नदी थुनियो

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोका कारण ५ मिटर जति इन्द्रावती नदी थुनिएको बताइएको छ । 

नदी थुनिएपछि अहिले तिपेनी र मेलम्ची बजारका बासिन्दा त्रसित बनेका छन् ।​ स्काभेटरको सहयोगमा स्थानीय र सुरक्षा निकायले पहिरो हटाएर नदी खुलाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ । 

एक्कासी खोलिएमा ठूलो बाढी आउन सक्ने हुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्