sevenstartv.com २० वैशाख २०८३, आइतवार

'संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किए'

२३ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । 

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

उनले विभिन्न विधेयकहरूलाई कानूनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए । उनले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरे ।

उनले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । सभामुख घिमिरेले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्