हत्या गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ
काठमाडौं । हत्या गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । सुनसरीको गढी गाउँपालिका ६ का ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएको आरोपितको नाम भने गोप्य राखेर अनुसन्धान सुरु गरेको छ । बिहान गढी गाउँपालिका-२ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । ऋषिदेवको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको छ । प्रहरीले सुरुमा घाटी देखिको मुनिकव् भाग मात्र भेटेको थियो ।
अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउको भेटिएको प्रहरीले जानकारी जनाएकाे छ ।
