sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुदूरपश्चिमद्वारा बझाङ पहिरोमा मृत्यु भएका धामी परिवारलाई राहतको घोषणा, प्रतिव्यक्ति १ लाख दिने

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका वीरबहादुर धामीको परिवारलाई राहत दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्। शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने घोषणा गरेको जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका वडा नं १० को टुमेडागाउँका वीरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्