गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आग्रह गरेका हुन् ।
उनले कुनैपनि व्यक्तिमाथि प्रश्न उठिसकेपछि जवाफ दिन पाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताए ।
