sevenstartv.com २० वैशाख २०८३, आइतवार

ललितपुरको बंगलामुखी मन्दिर नजिकै आगलागी

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ ।

आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो । ललितपुर नगरपालिकाका नगर प्रहरीका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने बताइएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्