sevenstartv.com ९ चैत २०८२, सोमवार

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । चितवन खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
लमजुङ राइनस नगरपालिका-६ धमेलीकुवाका रत्ननगर नगरपालिका-१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो । 

आज बिहान खैरहनी-८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३-००३प ६३७ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा गम्भीर घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्