sevenstartv.com २० वैशाख २०८३, आइतवार

झाडापखालाका कारण बालकको मृत्यु

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । खोटाङमा झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको हो । 

तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 
बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो ।

भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको बताइएको छ । बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको जनाइएको छ । 

आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्