sevenstartv.com २४ मंसिर २०८२, बुधवार

यस्तो छ आजको मौसम

१२ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । 

दिउँसो आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्