sevenstartv.com १ पुष २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी, मधेश  र बागमती  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्