पहिरोले पुरिएर महिलाको मृत्यु
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले घर भत्किँदा लिबाङमा एक महिलाको मृत्यु भएको छ ।
पहिरोले आज बिहान ४ बजेतिर रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेकी रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षकी धनजिता बुढा मगरको मृत्यु भएको हो ।
उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ वर्षकी नौभा घर्ती मगर घाइते भएकी छन् । उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको छ । उक्त चर्चमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ।
