sevenstartv.com २० वैशाख २०८३, आइतवार

पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अवरुद्ध, सडक खुलाउने प्रयास जारी

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पहिरोले गुल्मीको तम्घास-रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी तम्घास‐रिडी सडक अन्तरगत रुरुक्षेत्र गाउँपालिका-१ को रिडी-खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि गएरातिदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका-६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाण्डौसम्म जाने लामो तथा छोटोदुरीका गाडी बीचबाटोमै अलपत्र परेका छन् ।

सडक खुलाउन पालिका र प्रशासनले पहल गरिरहेको बताइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्