सुक्खा पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा
काठमाडौं । सुक्खा पहिरो जाँदा शनिबार बिहानदेखि अवरुद्ध अरनिको राजमाग सञ्चालनमा आएको छ ।
राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं -८ मा पहिरो खस्दा शनिबार बिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी पाँचखालले पहिरो पन्छाएर सडक खुलाएको बताएको छ ।
सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ गाडी रोकिएका थिए । साना गाडीलाई वैकल्पिक सडकबाट पठाइएको थियो ।
राजमार्गको जिरोकिलो-दोलालघाट सडकखण्डमा यसअघि पनि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
