sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

राष्ट्रपति पौडेलले गरे भोटो जात्रा अवलोकन

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । ललितपुरको जावलाखेलमा आज अपराह्न आयोजित भोटो जात्रामा सरिक भई राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गरेका हुन् ।

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । राष्ट्रपति पौडेल भोटो जात्रा अवलोकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारीहरू तथा गुठि संस्थानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश विश्वमभर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष  नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागी रहेको थियो । साथै भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य सहभागिता थियो । भोटो जात्राका अवसरमा सरकारले काठमाडौं  उपत्यकामा सार्वजानिक विदा दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्