sevenstartv.com २० वैशाख २०८३, आइतवार

पशुपति कोटिहोमस्थलमा प्रहरी पुगेपछि मध्यरातमा तनाव

१ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौ । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल  तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।भण्डारीलाई पक्राउ गर्न आएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो । प्रहरीमाथि भण्डारीका समर्थकले हातपात समेत गरेका छन् ।

प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।प्रहरी फर्केपछि समर्थकहरूले भाषण गरिरहेका छन् । त्यसअघि भण्डारी स्वयम्ले भड्काउ अभिव्यक्ति दिदै  शपशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बंगलादेशजस्तो बनाइदिने चेतावनी दिए ।प्रहरीले भण्डारीलाई रातारात पक्राउ गर्न खोज्नुको कारण खुलेको छैन । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्