सोलुखुम्बुको थामेमा बाढीले एकजना बेपत्ता,२० वटा घरमा पूर्ण क्षति
काठमाडौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए।प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ ।
प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्याउन निर्देशन दिएका छन ।
