sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका सात समाचार

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँभन्दा आएको भीषण बाढीले १४ घर तथा होटल, एक स्वास्थ्य क्लीनिक र एक विद्यालय बगाएको छ ।

थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ भने बाढी प्रभावित १०० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । अझै ७ घर उच्च जोखिममा रहेका छन् । एक जना भने सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन र तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाउन अपिल गरिएको छ । हिमपोखरी फुटेर भीषण बाढी आएको हुनसक्ने आंशका गरिएको छ ।।


सरकारको निर्णय
सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट खेलाडी १४ जनालाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्री गुरुङकाअनुसार मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणलाई स्वीकृति दिएको छ । 

परराष्ट्र मन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै भदौ ११ गतेदेखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने न्युट्रिशन फाइनान्सिङ सम्बन्धी कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। आर।पी विच्छालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानून व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँग भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे ।

 उनले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गरे । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गरेका छन्  । सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताए । उनले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिए । 

सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । आज काठमाडौंमा राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताएका हुन् ।

उनले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए । मन्त्री गुरुङले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने जिकिर गरे । उनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको धारणा राखे ।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताउँदै भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताएका छन् । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गरी उनीहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने मन्त्री गुरुङले बताए । 

इश्वर पोखरेल
 नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंवासीका लागि मेलम्चीको पानी भरपर्दो नभएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित काठमाडौं शहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रश्ताव समेत गरे । मेलम्चीको पानी ल्याउने कुराले काठमाडौंवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उनले अव त्यसमा भर परेर बस्न नसकिने बताए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याएका छन् । भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौं उपत्यकाको विकास नहुने उनको जिकिर थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभावी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका छन् । 


स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ ।

स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घरकार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो । 

शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुट्नुभयो । मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मदत पु¥याउने लक्ष्य मन्त्रालयको छ । अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान शुरु गरेको बताए ।

 काभा वुमेन्स नेशनल भलिबल

 सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट खेलाडी १४ जनालाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्री गुरुङकाअनुसार मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको भारत भ्रमणलाई स्वीकृति दिएको छ । परराष्ट्र मन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । भदौ ११ गतेदेखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने न्युट्रिशन फाइनान्सिङ सम्बन्धी कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। आर।पी विच्छालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद्ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानून व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्