sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्रमन्त्रीको निर्देशनमा दुबईमा अलपत्र शव नेपाल ल्याइँदै

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा दुबईमा मृत्यु भएका मोरङ सुन्दरहरैचाका प्रदिप मिश्रको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

रोजगारीको लागि दुबई गएका मिश्रको मृत्यु भएपछि परिवारले शव नेपाल झिकाई पाउँ भनी मन्त्रालयमा निवेदन दिएको थियो ।

मन्त्रालयमा प्राप्त पत्रको आधारमा परराष्ट्र मन्त्री आरजू राणाले शव यथाशक्य छिटो झिकाउन दुबई स्थित नेपाली राजदूतावास तथा नेपालका विभिन्न निकायलाई निर्देशन दिनुभएको थियो ।   

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्