sevenstartv.com २४ मंसिर २०८२, बुधवार

प्युठानमा दुई जनामा हैजा पुष्टि

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीले जनाएको छ । 

गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको कार्यालयले बताए । उनीहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ३५ वर्षका पुरुष भर्खरै भारतबाट फर्किएको बुझिएको छ ।

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरको गोदावरी, ग्वार्को इमाडोललगायत क्षेत्रका १६ जनामा हैजा देखिएको छ । काठमाडौंको टोखाका १ जना गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । कैलालीका ८ जनामा हैजा सङ्क्रमण देखिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्