सोलुखुम्बुमा लेदाेसहितकाे भीषण बाढीले बस्ती डुबानमा (भिडिओ)
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ थामेमा लेदोसहितको बाढी आएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार सो क्षेत्रमा हिमताल फुटेको हो कि हिम पहिरो गएको हो भन्ने एकिन भएको छैन ।
लेदोसहितको बाढीले थामे क्षेत्र डुबाएको छ । २ वटा होटल बगाएको छ । अहिलेसम्म मानविय क्षति भएको सूचना नआएको प्रमुख जिल्ला अधिकारीले बताए । । दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
